कविता– देश
याम बहादुर जिसी (सुनिल) | २०७७–०३–२५
मेरो देश
हो म त्यहि देशको नागरिक
सिता, जनक, भृकुटी, महाविर,सन्दुक जन्मेको देश
साम्राज्यवाद र औपनिवेशवादको विल्ला नभिराईएको देश
इतिहासको पानामा निस्कलंक देश
पुुर्खाहरुको गाथाको सधैँ गुणगान गार्ईएको देश
प्राकृतिक सौन्दर्यको वर्णन गर्नुनपर्ने देश
भोकभोकै कोहि मर्नुनपर्ने देश
शान्तिको विउ छर्नु नपर्ने देश
अरुको चाकडी गर्नुनपर्ने देश
सिमा मिचीयो भनि भन्नुनपर्ने देश
सान, मान र इज्जतले चौडा छाति भएको दिन
कुनै विदेशीको एक रुपैयाँ नखाएको दिन
ए हजुर समस्या पर्यो भन्दा,
सम्पुर्णलाई दया देखेको दिन
सुनौला अक्षरले गाथा लेखेको दिन
खै, कता कता यी सबै हरफहरु
विद्यार्थीको पुस्तक मा पढ्नुपर्ने भएका छन
देशको नागरिक स्वयंले अधिकारको लागी लड्नुपर्ने भएका छन
उत्तर दक्षिण जहाँ सुकै सिमा मिचीएका छन्
नारी र निरीह हरु परिवारमै थिचीएका छन्
छिमेकीहरु सबै रिसीएका छन्
निर्मला पन्त, सूस्मिता केसीहरु मानवअधिकारको मानसपटलमा निसास्सीएका छन्
संसद,सडक, सभा जहाँसकै नामका मानवअधिकारवादीहरु रिस्सीएका छन्
राणाशासन, पञ्चायत, राजतन्त्र को अन्त्य भयो रे
जनताको आफ्नो आँफैलाई भन्ने सासन आयो रे
दशबर्षे जनयुद्धले सर्वाहारालाई सत्तामा लयो रे
दलाल, पुजीँवादीको दिन गयो रे
खै म त यी सब कुराहरु पत्याँउदिन
भाई भाई हरु लडेको देशमा
सिद्धान्त भन्दा व्यक्ति माथि भएको परिबेशमा
राष्ट्र स्वार्थभन्दा भुण्ड स्वार्थले महत्व पाएको छ
देशको नुन खाई विदेशिको गुन गाएको छ
आफु सबै राष्ट्रवादी, वाँकी सबै के हो के हो को आरोप लाएको छ
यसरी त कसरी हुन्छ देशको विकास
मै हुँ अगाडी भन्नेको निकास
त्यस्ता समाचार सुन्न नपरोस
फलानो देशको यति सहयोग आयो अरे
ढिस्काना को झन उति आयो अरे
देवर्षीको जन्मस्थानमा म कामना गर्न सकुँ
देशले कोल्टो फेरेको हेर्न सकुँ
सु–समाचार ले पत्रिकाको पाना भरिएको हेर्न सकुँ
राष्ट्र र राष्ट्रियतालाई अँगालो मा बेर्न सकुँ